१२ कक्षा उतिर्ण गरिसकेका किशोरीहरुको लागी शिप मुलक तालिमको लागि आवेदन दिने सम्बन्धि

शिप मुलक तालिको लागि आवेदन दिने सम्बन्धि सुचना

प्रस्तुत विषयमा बाल बिबाह न्यूनीकरण गर्नका लागि किशोरीहरुलाई शिपमुलक तालिम प्रदान
गर्ने यस राजपुर नगरपालिकाको स्वीकृत कार्यक्रम रहेकोले शिप विकास कार्यक्रममा सहभागी हुन
चाहने १२ कक्षा उतिर्ण गरि २० वर्ष पछी बिवाह गरेका वा १२ कक्षा उतिर्ण गरि २० वर्ष पछी
मात्र विवाह गर्न चाहने किशोरीहरुले तपशिलका मिति २०८०/०२/१६ गते भित्र तपसिलका
कागजात सहित कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा निवेदन पेश गर्नु हुन
सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
संलग्न गर्नुपर्ने आवस्यक कागजात :
१. निवेदकको जन्मदर्ता / नागरिकताको प्रतिलिपि ।
२. (१२ कक्षा ) पास भएको प्रमाण पत्रको प्रतिलिपि ।
३. सम्पूर्ण विवरण ठिक हो भनि खुल्ने गरि वडा कार्यालयको सिफारिस पत्र ।

(नोट : दलित, आर्थिक अवस्था कमजोर तथा अशिक्षित परिवारका किशोरीहरुलाई बिशेष प्राथमिकता
दिइने छ।।

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es