सरकारलाई सीके राउतको प्रश्न– ‘बजेट ल्याएको हो कि लुटेको ?’

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष एवम् सांसद चन्द्रकान्त (सीके) राउतले सरकारले बजेट ल्याएको हो कि लुटेको हो भनेर छुट्याउन नसकिएको बताएका छन् । उनले बजेटमाथि महिनौंसम्म छलफल चले पनि त्यसबाट एक अक्षर फेरबदल नहुने अभ्यासले झन् आफूलाई अफ्ठ्यारो महसुस भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै राउतले भने, ‘यो बजेट ल्याएको हो कि बजेट लुटेको हो ? भन्ने कुरा स्पष्ट भएन । बजेट ल्याएको होइन कि बजेट त लुटिएको हो जस्तो देखिन्छ । बरू बाटोमा लैजाँदाखेरि कसैले देख्ला कि भनेर चानचुन बाँडेको जस्तो लाग्छ ।’

उनले बजेटले अहिले देश छोडेर पलायन भइरहेका युवालाई समेट्ने कुनै कार्यक्रम नसमेटेको बताए । ‘युवाहरू दिनानुदिन विदेश गइरहेका छन् । युवालाई स्वदेशमा रोक्ने कार्यक्रम आउला, सरकारले योजनाहरू बनाउला भन्ने सोचिरहेको थिएँ, तर त्यस्तो त केही पनि भएको छैन । नयाँ उद्योग खोल्ने योजना छैन, पुरानो उद्योगमा नयाँ रोजगारीको सम्भावना छैन,’ उनले भने ।

उनले सरकारले मधेश प्रदेशलाई राजस्वभन्दा पनि कममात्रै बजेट दिइएको बताए । ‘मधेशले राजस्वमा महत्त्वपूर्ण योगदान गरेको छ । तर बजेटमा भने सरकारले मधेशको योगदानलाई सम्मान गरेको छैन,’ उनले भने, ‘मधेशबाट आएको राजस्वभन्दा कम बजेट मधेशलाई दिइएको छ । यस्तो किन भएको हो ? सरकारले जवाफ दिनुपर्छ ।’

उनले योजना र बजेटको बीचमा तालमेल समेत नमिलेको बताए ।

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es