लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

३० जेठ, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभा बैठकमा दुई दिन छलफल भएको नीति तथा कार्यक्रम मंगलबार बसेको दोस्रो अधिवेशनको दसौं बैठकले बहुमतले पारित गरेको हो।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभासमक्ष आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गरेका थिए। सभामुख तुलाराम घर्तीले सो प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेश गरेका थिए। ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ।

नीति तथा कार्यक्रमको विषयमा सदनमा व्यापक छलफल र चर्चा भएको छ। सत्तापक्षका सांसद नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ताबाहिर रहेका दलका सांसद भने चर्को आलोचनामा उत्रिए।

अघिल्लो एमाले नेतृत्व सरकारले कोरोना जोखिम कोषको नाममा कृषि अनुदान बाँडेर कार्यकर्ता पोसेको आरोप सत्तारुढ दलका सांसद दिनेश पन्थीले लगाएपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए

यस्तै, नीति तथा कार्यक्रममाथि पाँचजनाले संशोधन प्रस्ताव दर्ता गराएका थिए। तर, संसोधन प्रस्तावसमेत बहुमतले अस्वीकृत भएको छ।

नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए। एमालेका सांसद भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार श्रेष्ठ, रत्नबहादुर खत्री, वसन्ती न्यौपानले संशोधन प्रस्ताव दर्ता गराएका थिए।

बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए। असार १ गते दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक बस्ने जानकारी गराइएको छ।

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es