बढ्यो पेट्रोल र डिजेलको मूल्य, एलपी ग्यासको मूल्य प्रतिस्लिन्डर १३० घट्यो


बढ्यो पेट्रोल र डिजेलको मूल्य, एलपी ग्यासको मूल्य प्रतिस्लिन्डर १३० घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । भारतबाट मूल्यसूची बढेर आएपछि निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य शुचि बढेर आयपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताए ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँमा कारोबार भइरहेको छ भने डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुग्ने भएको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुग्ने भएको छ ।

यस्तै निगमकाअनुसार खाना पकाउने एल्पी ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको छ । यता हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es