रौतहट, १९ जेष्ठ रौतहट जिल्लामा गोली प्रहार गरि एक
जनाको हत्या भएको छ गोली प्रहार बाट स्थानीय देवाही गोनाही वडा नम्बर १ निवासी ७० वर्षीय शेख तैयाबको मृत्यु भएको हो ।
पर देखी १ किलोमिटर दक्षिणमा रहेको मन्दिर नजिक बाटोमा गोली हानी हत्या गरिएको अवस्थामा बिहिवार बिहान शब भेटिएको मृतकका छोरा शेख असलमले बताएका छन्।
गाउकै मजहर आलम भन्ने मोगले आलमले पुरानो रिस इबीको कारण घटना घटाएको आरोप लगाएका छन् । २ महिना देखी धम्कि दिदै आएकोले हत्या आलमले नै गराएको दावी मृतकका छोरा असलमको रहेछ । २०७९ फाल्गुन १५ मा मृतक नाति शेख रिजवानको छोरा शेख रिहान र आरोपित मोगले आलमको छोरी प्रेम गरि घरबाट भागेको र भागेको १० दिन पछि केटी ईलाका प्रहरी कार्यालय गरुडामा हाजिर भै केटाको समर्थनमा व्यान दिएको बताए केटा अहिले सम्म फरार नै रहेको छ ।
छलफल पछि केटीलाइ बुबाको जिम्मा दिएपछि केटीले दिएकी उल्टो ब्यानको आधारमा अपहरण तथा जबर्दस्ती करणी मुद्दा रोक्सना खातून, शेख रेहान र शेख नजबुल्लाह भन्ने मुना माथि दर्ता भै जेठ ९ गते रौतहट जिल्ला अदालत बाट १ लाख धरौटीमा खातुन रिहा भएको राती नै गोली हानी हत्या गरेकोले हत्यामा आलमको संलग्नता रहेको पुस्टि भै रहेको मृतकका छोरा अब्दुल कलाम भन्ने प्रवेज
आलमले बताए ।
बुबाको हत्यामा करुनिया निवासी राशिद अलिका छोरा प्रवेज अन्जुम शेख तावारक, विशुनी पटेल, रामबाबु जयनगर निवासी मोगले आलमको भिनाजु नाता पर्ने ख बिगनको संलगता रहेको आरोप मृतकका छोरा प्रवेज आलमको रहेको छ।
घटना हुनु भन्दा पहिला राती १२ बजेको समयमा फटाका पकाइएको र गोली चलेको अवाज सुनिएको मृतकका भतिजो शेख इमताफले बताए। सो बेला देवाही गोनाही प्रहरी चौकीका प्रहरी समेत उपस्थित रहेको सुनाउदै सोधपुछ गर्दा भोली वाह हुने स्थानीय खोजवा देवान प्रहरीलाई बताएको सुनाए।
घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
श्रोत मधेश प्रदेश मिडिया