कोशी नदीमा खसेको ट्रक बेपत्ता

सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ |


प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७:४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो |

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ |

बार भत्काउँदै ट्रक नदीमा खसेको हो |
नदीमा खसेको ट्रक देख्न छाडिएको उनले बताए |
सप्तकोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए |

प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो |

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es