कडा कारबाही गर्ने मेयर शाहको चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाहले महानगरका विद्यालयलाई पठनपाठन नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

उनले विद्यालयमा नियमित पठनपाठनमा बाधा पुर्‍याउने र अनुपस्थित हुने शिक्षक र कर्मचारीलाई काठमाडौं महानगरीय शिक्षा ऐनअनुसार पदबाट हटाउने चेतावनीसमेत दिएका छन् ।

नेपाल सामुदायिक विद्यालय कर्मचारी परिषद्ले असार १ गतेदेखि सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ ।

समितिले नियमित कक्षा सञ्चालन गर्न पहल नगरे वा कक्षा अवरुद्ध गर्ने गतिविधि भए विद्यालय व्यवस्थापन समितिलाई पनि खारेज गर्ने मेयर शाहले बताए ।

मेयर शाहले सामाजिक सञ्जालमार्फत कामपाले नेपाल प्रहरीसँग समन्वय गरी जबर्जस्ती विद्यालय बन्द गराउनेमाथि फौजदारी मुद्दा चलाउने चेतावनी दिएका हुन् ।

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es