उन्‍नाइस प्रतिशत बच्चा अझै घरमा जन्मन्छन्

काठमाडौँ — नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण-२०२२ अनुसार अझै पनि १९ प्रतिशत बच्चा घरमै जन्मिने गरेका छन् । शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी सर्वेक्षणकाे मुख्य नतिजा सार्वजनिकीकरण गरिएकाे थियाे । सर्वेक्षणमा नेपालमा ७९ प्रतिशत जीवित बच्चाहरु स्वास्थ्य संस्थामा जन्मिने गरेको बताउँछ ।

प्रादेशिक तथ्यांक हेर्दा घरमा बच्चा जन्माउने सबैभन्दा बढी मधेश प्रदेशमा (३२ प्रतिशत) छ भने कर्णाली प्रदेशमा २४ प्रतिशत र कोशी प्रदेशमा १८ प्रतिशत रहेको छ ।
सर्वेक्षणले स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको प्रतिशत उल्लेख्य बढेको देखाएको छ । सन् २०१६ मा ६४ प्रतिशत रहेकोमा सन् २०२२ मा ७९ प्रतिशतसम्म पुगेको देखिन्छ । त्यसैगरी घरमा बच्चा जन्माउने ३५ प्रतिशत रहेकोमा हाल १९ प्रतिशतमा झरेको छ ।

त्यसैगरी सर्वेक्षणमा १८ प्रतिशत जीवित जन्म अपरेशन (सी–सेक्शन)द्वारा हुने गरेको छ भने निजी स्वास्थ्य संस्थामा जन्मिएका आधाभन्दा बढी बच्चाहरु अपरेशनबाट हुने गरेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा पाँच वर्ष मुनिको बाल मृत्युदर घटेको पाइएको छ । सन् १९९६ मा ५ वर्ष मुनिका प्रति १,००० जीवित जन्ममा ११८ को मृत्यु हुने गरेकोमा सो मृत्युदर तुलनात्मक रूपमा घटेर हाल प्रति १,००० जीवित जन्ममा ३३ को मृत्यु हुने गर्दछ । दीर्घकालीन कुपोषणको एउटा संकेत पुड्कोपन वा उमेर अनुसार उचाई कम हुनु हो । यो सर्वेक्षण अनुसार सन् १९९६ मा ५७% रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५% मा झरेको छ ।

सर्वेक्षणले किशोरीवस्थाको प्रजनन दर उच्च रहेको देखाएको छ जसमा १५–१९ उमेर समूहका १४% किशोरीहरु गर्भवती हुने देखिएको छ । नेपालमा आधाभन्दा बढी (५७%) विवाहित महिलाहरुले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् जसमध्ये ४३% ले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् र १५% ले परम्परागत विधिहरू प्रयोग गर्ने सर्वेक्षणको निष्कर्ष छ ।

नेपाली महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेका छन् । ९४% गर्भवती महिलाहरूले दक्ष स्वास्थ्यकर्मी, जस्तै डाक्टर, नर्स वा अनमीबाट गर्भवती सेवा (बच्चा पाउनु अघिका जाँचहरु) प्राप्त गरेका छन् । सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षण एनएफएचएसअनुसार २५% महिलाहरूले मात्र दक्ष स्वास्थ्यकर्मीहरुबाट गर्भवती सेवा प्राप्त गरेका थिए, जुन उल्लेखनीय वृद्धि हो । बालबालिकाको खोप कभरेजमा भनेसन्तोषजनक पाइएको छैन ।

सन् २०१६ को सर्वेक्षणमा १% थियो भने अहिले २०२२ को सर्वेक्षणमा ४% रहेको छ । सर्वेक्षणकाअनुसार हाल, ८०% बालबालिकाहरूले सबै आधारभूत एन्टिजेन्सहरू विरुद्ध खोप लगाएका छन्, जुन २०११ एनडिएचएस मा ८७% थियो ।

त्यसैगरी सर्वेक्षणले नेपालमा १५ वर्ष वा सो भन्दा माथिका १८% महिला र २३% पुरुषलाई उच्च रक्तचाप भएको देखिन्छ । यो सर्वेक्षणअनुसार प्रति १००,००० व्यक्तिहरुमध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गर्दछ, जसमध्ये सबैभन्दा बढी मृत्यु वा घाइते भएका ६८% सडक दुर्घटना, मोटरसाइकलको कारणले हुने गर्दछ ।

यस सर्वेक्षणमा देशभरीको प्रतिनिधित्व हुने गरी १३,७८६ घरधुरीमा १५–४९ वर्षका १४,८४५ जना महिला र छनौटमा परेका आधा घरधुरीबाट १५–४९ वर्षका ४,९१३ जना पुरुषहरुलाई अन्तर्वार्तामा समावेश गरिएको थियो । यस सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यसम्बन्धी विषय समेटेको छ ।

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es