अहिले सरकार ढल्छ भन्नु अफवाह मात्रै हो : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन् । 

मंगलबार मन्त्रीपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको बताइन् ।  

मन्त्री शर्माले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता अनुसार अघि बढिरहेको बताइन् । उनले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको बताइन् ।  

मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा पक्राउ गरिएको बताइन् । उनले सरकारले अनुसन्धान कुन तहसम्म पु¥याउने भन्दा पनि अनुसन्धानले जहाँ पु¥याउँछ त्यहाँसम्म पुग्ने बताइन् ।  

मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरण लामो समयदेखि अनुसन्धानले प्रमाण पु¥याएको आधारमा अघि बढेको बताइन् ।  उनले अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए कारबाहीको दायरामा सरकारले ल्याउने बताइन् ।  

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es